• १२ असोज २०८१, शनिबार

बाजुरा (ख) मा कांग्रेसका शाही विजयी

blog

शेरबहादुर सार्की 

बाजुरा, मङ्सिर १८ गते । बाजुराको प्रदेश निर्वाचन क्षेत्र नं. १ को प्रदेश (ख) मा नेपाली कांग्रेस उम्मेदवार पदमबहादुर शाही विजयी हुनुभएको छ । उहाँले २० हजार ११९ मत प्राप्त गरी शाही विजयी हुनुभएको हो ।

निर्वाचन क्षेत्र १ को (ख) मा मतगणनाको प्रारम्भिक चरण बाटै अग्रता  शाहीले अग्रता  कायम गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरी दोस्रो हुनु भएको छ ।

प्रदेश निर्वाचन क्षेत्र १  (ख) मा नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।