• १३ असोज २०८१, आइतबार

रेशम चौधरीद्वारा मतदान

blog

रेशम चौधरी । फाइल तस्बिर

काठमाडौं, मङ्सिर ४ गते । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेलबाटै मतदान गर्नुभएको छ ।

डिल्लीबजारस्थित कारागारबाट चौधरीले समानुपातिकतर्फ मतदान गर्नुभएको हो । निर्वाचन आयोगले कैदीबन्दीहरुलाई कारागारबाटै समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

जेलबाटै मतदान गरेका चौधरीले आम जनसमुदायलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्नुभएको छ ।