• १३ असोज २०८१, आइतबार

दक्षिण कोरिया र माल्दिभ्सका निर्वाचन आयुक्तद्वारा मतदान केन्द्रको अवलोकन

blog

माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त अध्यक्ष फुवाड थौफिक तथा दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङसहितको प्रतिनिधिमण्डलद्वारा मतदान केन्द्रको अवलोकन । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, मङ्सिर ४ गते । माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन आयुक्तले काठमाडौंका विभिन्न मतदान केन्द्रमा पुगेर मतदान केन्द्रको अवलोकन गर्नुभएको छ ।

निर्वाचन आयोगले माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त अध्यक्ष फुवाड थौफिक तथा दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङसहितको   प्रतिनिधिमण्डलले मतदान केन्द्रको अवलोकन गर्नुभएको जानकारी दिएको हो ।

आइतबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन जारी छ । निर्वाचन अपराह्न ५ बजेसम्म जारी रहनेछ ।