• १३ असोज २०८१, आइतबार

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दै

blog

काठमाडौं, मङ्सिर १ गते । निर्वाचन आयोगले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको स्थिर समय सुरु हुनुअघि आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलन दिउँसो २ बजे कान्तिपथस्थित बहादुर भवनमा आयोजना हुने आयोगले जनाएको छ । आज मध्यराति १२ बजेदेखि स्थिर समय सुरु हुँदैछ । यस समयमा चुनावी प्रचारप्रसार गर्न पाइँदैन ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि निर्वाचन प्रचारप्रसार सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।