• १८ असोज २०८१, शुक्रबार

न्युजिल्यान्ड र अफगानिस्तानको खेल रद्द

blog

पानी परेपछि पिच छोपिँदै । तस्बिर : आईसीसी

काठमाडौं, कात्तिक ९ गते । आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर १२मा न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ ।

मेलबर्न क्रिकेट मैदान बुधबार दिउँसो तय भएको खेल भारी वर्षाका कारण रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।

यस बराबरीसँगै समूह ए मा रहेको न्युजिल्यान्ड दुई खेलबाट तीन अङ्क जोड्दै शीर्षस्थानमा छ । एक अङ्क बनाएको अफगानिस्तान अन्तिममा छ ।

बुधबार नै भएको आयरल्यान्ड र इङ्ल्यान्डको खेललाई पनि वर्षाले बिथोलेको थियो । उक्त खेलको नतिजा आयरल्यान्डको पक्षमा गएको थियो ।

आयरल्यान्डले ङ्ल्यान्डलाई डकवर्थ लेविस प्रणालीका आधारमा पाँच रनले हराएको थियो । एजेन्सी