• १३ साउन २०८१, आइतबार

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

blog

दिपकप्रसाद गौतम

वीरगञ्ज, असोज २८ गते । मालवाहक ट्रकको ठक्करबाट पर्सामा एक जना पैदययात्रीको मृत्यु भएको छ । वीरगञ्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह छेउको चोकमा सोमबार बिहान मालवाहक ट्रकले सडक पार गरिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा ६० वर्षीय वृद्धको घटना स्थलमा मृत्यु भएको हो । 

मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका वडा १ वनकट्वाका ६० वर्षीय वृद्ध बिगा राम रहनुभएको छ । सडक पार गर्दै गरेका वृद्धलाई सुक्खा बन्दरगाहबाट परवानीपुरतर्फ गइरहेको ना ३ ख ५७४३ नम्बरको मालवाहक ट्रकले बिहान १० बजे ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रामको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रक र ट्रकका चालक वीरगन्ज महानगरपालिका वडा १९ विन्दवासिनीका सुजित गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पर्साका ग्रामीण क्षेत्रबाट रोजगारीका लागि दैनिक वीरगन्ज आउजाउ गर्ने व्यक्तिको भिड, सुख्खा बन्दरगाह र वीरगन्ज भन्सारबाट छुटेका मालवाहक सवारी साधनका कारण सो सडक बढी व्यस्त हुनेगरेको स्थानीयको भनाइ छ । 

भारतीय ट्रकहरूसँग अवैध असुलीमा ट्राफिक प्रहरीको समय बित्ने गरेकाले सो सडकमा बाटो पार गर्ने पैदलयात्री तथा अन्य साना सवारीहरू बढी दुर्घटनामा पर्नेगरेको स्थानीयको आरोप छ ।