• १३ पुस २०८१, शनिबार

कथा

उमेर, सम्बन्ध र बेला

blog

११–५ –१४–१९ ।

वाट्सएपमा उसले यसको अर्थ के होला थाहा गरेर भन्नूस् है भनेर मेसिज पठाई । जुन दिन थाहा हुन्छ, त्यो दिन हजुरका लागि सप्र्राइज हुनेछ ।”

————————


ऊ एक असल श्रोता रहिछ । मलाई लागेको थियो । ऊ सानै छ । पहिले पहिले अथर्वा म देखेर लजाउँथी । एक दिन मलाई लुकेर हेरिरहेकी थिई । मैले रङ्गेहात उसलाई हेर्दिएँ । केटीहरूले लुकेर हेरिरहेको बेला नदेखेझैँ गर्नुपथ्र्यो या मुसुक्क हाँसिदिनुपथ्र्यो वा के हेरेको त्यसरी भन्नुपथ्र्यो ? कि अरू केही ।  आफू अनभिज्ञ परियो । मैले हेरिदिएँ बस । 

उसको नजर खस्यो त्यसपछि । मैले बच्चै छँदा आकाशबाट तारा खसेको मात्र देखेको थिएँ । त्यो दिन नजर खसेको पनि प्रत्यक्ष देखेँ । तारा खस्दा झिलिमिली हुन्थ्यो  । पछि बिलाउँथ्यो । तर मैले उसको नजरसित मेरो नजर जुध्नुपूर्व कस्ती थिई मलाई थाहा भएन । तर मेरो नजरसित ठोक्किएर भुइँतिर झरेपछि ऊ धपक्क बली । सायद फूल त्यसरी नै फुल्दा हुन्– ढकमक्क ! जून पनि सायद त्यसरी नै बल्दो हो । मैले भने उसको झुकेको नजरमा उसको मुहारमा एक प्रकारले लावा नै देखेको थिएँ । 

त्यो किन र कसरी भयो मैले बताउन सक्ने स्थितिमा छैन । जे होस् मैले उसको मुहारमा लज्जा वा प्रेमको लावा जे थियो, देखेको थिएँ । के नजर जुधेपछि कोही त्यसरी घामजस्तै उदाउँछ ? रात्तै ? मेरो पहिलो अनुभव ।

त्यही दिनदेखि बेलाबखत उसलाई हेरिदिन्छु । एउटा बेग्लै आनन्द के । खै कस्तो आनन्द ? लामो समय गर्मीमा तातेर शीतलमा बसेर मोही पिउँदै आमाको सारीको सप्कोले पसिना पुछ्दै थकान मेट्नुजस्तै आनन्द सायद या वा ठाडो उकालो हिँड्दै जाँदा घन्टौँपछि समथर भेटिँदा खुइय निःश्वास भर्नु र कतै चौतारीमा थकाइको भारी बिसाएपछिको आनन्दजस्तै । 

वा एकान्तमा आफ्नी प्राणप्यारीसँग अँगालोमा बेरिएर मायापिरतीमा गफिँदै निकै परको क्षितिज डुल्दै जाँदा कुहिनाले अकस्मात प्रेयसीको छातीमा स्पर्श हुँदाको आनन्द । एकान्त भेट्टाउनेबित्तिकै टाढा बसेकी प्रियसीका हात समाई आपूmतिर तान्दा मौका छोप्दै हुत्तिँदै आई दुई छातीको दूरी मेटिँदाको आनन्द । ढकमक्क फुलेको फूल  आफ्नो बोझले हल्का नहुेझैँ नुहेको अनुहारलाई चोर र माझी औँलाले उठाउँदा प्रेमको बेगले दुई ओँठको सीमा भत्किँदाको आनन्द । वा संवेगवश गुमेको होस फर्किआएपछि आफैँलाई सम्हाल्दै दुवैको आँखा जुध्दा लज्जाले दुवैको आँखा भुइँतिर खस्दाको आनन्द !

हुन सक्छ बिहान घाम नउदाउँदै रुँदै गरेको नानीलाई छोडेर हिँडेकी आमा साँझ घामलाई एक्लै डुब्न छोडेर घर फर्केकी छन् । नानी, भोकले छटपट र आमाको अनुपस्थितिले एक्लो छिन् । आमा, एक्कासि आपूmसामु प्रकट हुँदा उसको मुहारमा आउने मुस्कान देखेर हत्तनपत्त करुवाको पानीले आफ्नो स्तन पखाल्दै दिनभरि गानिएको दूध चुसाउँदाको आनन्द !

यस्तो पनि हुनसक्छ– विभिन्न हाउभाउ, कटाक्ष गर्दै वा आसन बदल्दै सम्भोगमा रत्तिएका जोडीको एकैसाथ स्खलन हुँदा दुवैको मुखबाट निस्किने आहको आनन्द !

म यतिबेला भन्नै सक्दिनँ कस्तो आनन्द ? वश मलाई उसले लुकीलुकी हेर्दिनाले हुने आनन्दको अनुभूतिले आनन्द दिन्छ । कहिले उसको ओठ देखेर आनन्द आउँछ । सायद लालपातेजस्तै रङ्गीन ओठ हल्का जिभ्रोले चलाउँदा भिज्ने र ती ओठमा घामको किरणले छोएर चम्किने प्रक्रियाको आनन्द । मानौँ मैले भर्खरै चुमेर बेहोस् ओठ हुन् र निश्चल, अविचल हेरिरहेछन् ती ओठले मलाई ।

————————


हिउँदको महिना । उत्तरमोहडा भएको घरमा छु । पहाडका चुचुरामा सेतै हिउँ सुतेको छ ।  हिउँ सुतेको पहाडलाई तुवाँलोको जुलुसले छेकेको छ । जसरी राजनीतिक चहलपहल बढेको बेला सहरलाई टायरको धुवाँले ढाक्ने गर्दछ ।

हिमालका चुचुरा देखेपछि अथर्वाको यादमा बगेँ । रसुवाको भ्रमणताका कोल्टे फेरेर सुतिरहेकी लाङ्टाङ हिमाल देखेर मोहित बनेको थिएँ । सोही पल मैले सम्झैँ अथर्वालाई । लाङ्टाङ हिमालले झैँ उसले पनि भनिरहेझैँ लाग्यो–

ए तृषित आँखा

हे उपभोक्ता मन !

हेर मलाई सबै कोणबाट 

खिच मेरो फोटो,

र, फैलाऊ 

विश्वजस्तो आफ्नो छातीको अखबारमा ।

हे पर्यटक मुटु !

जगाऊ आफ्नो मनोवेगले उत्तेजना,

देखाऊ आफ्नो प्रजनन क्षमता,

मताऊ र जन्माऊ मलाई ।

आऊ 

मलाई उपभोग गर !

———————


त्यही हिउँदको एक बिहान । हामी दुवै अनलाइन छौँ । मेसेन्जर च्याट गरिरहेका छौँ । म उसलाई मताउने प्रयास गरिरहेको छु । अर्को डेटिङका लागि मनाउने प्रयास गरिरहेको छु । ऊ जानीजानी मेरो इसारा बुझ्न अस्वीकार गरिरहेकी छ । बुझ पचाइरहेकी छ । र त उसले कोडमा कुरा गरिरहेकी छ । 

ऊ– होली आयो है ?

म– उम् । दुई महिनापछि । आएर जान्छ पनि ।

ऊ– एउटा प्रश्न सोधौँ कि भनेर ।

म– प्रश्न सोध्ने कि उत्तर ?

ऊ– हे हे हे । उत्तर हो उत्तर ....

म– त्यसो भए जति चाहिन्छ सोध । (उसको प्रश्न पूरा गर्न दिइनँ ।)

ऊ– एकचोटिमा एउटा मात्र । मतलब अहिलेलाई एउटा मात्र ।

म– हुन्छ तीन चारवटै सोध ।

ऊ– होलीमा हानिने बलुनमा पानी किन भरिएको होला ?

म– (लौ खा ! के उत्तर दिने होला ?) ढुङ्गा राखेर हान्दा दुख्ला भनेर नि ।

ऊ– हे हे हे । बलुनले हान्दा दुख्दैन हो ? 

म– खोइ मलाई त निकै दुख्छ ।

ऊ– अस्ति हजुरले हिउँदमै हान्नुभएको बलुनले मलाई निकै दुखाएको थियो ।

म– ह्या ?! के भनेकी यस्तो ? 

ऊ– केही होइन ? जाडो सकियो अब गर्मी बढ्न थाल्यो भनेको नि ।

म– तिमी त साह्रै उ रहेछौ ।

ऊ– ऊ ? भन्नाले ?! 

म – केही होइन । गर्ने होइन ? धेरै भएको नगरेको ।

ऊ – गरौँ भनेको हो, हजुरले मान्नु हुन्न कि भनेर नि ।

म – के ? 

ऊ – हजुरले गर्ने भन्नुभएको...

म – हे हे हे, भिडियो कल नि ।

ऊ – है ? मैले त अर्कै भन्ने सोचेको !

म – अर्कै भन्नाले ?

ऊ – हे हे हे – भाइबर कल ।

म – यहाँ गर्दा के बिग्रन्छ र ?

ऊ – अस्ति भर्खर बिगार्नुभएको होइन ?

म – ह्या !? के बिगारेँ मैले ?

ऊ – सम्बन्ध नि !

म – सम्बन्ध रे ?! कसको ?? नचाहिने...

ऊ – उसको र मेरो नि । फेसबुकको पासवर्ड ऊसित पनि छ भनेको होइन मैले ? के सम्झनुहुन्थ्यो हाम्रो 

कुरा ? म मात्र भए पो । कति होलान् टाइम दिनुपर्ने ।

म – है ? को नै होला र मजस्तो थोपडा न सोपडा – प्रियङ्का चोपडा भनेझैँ अनुहार नपरेकालाई ?

ऊ – म के त नि ?

म – तिमी त चार दिनको चाँदनी त्यसपछि औँसीको रात त हो... ।

————————


ऊ अचानक बिलाई । र भाइवर आई । हाई भनेर मेसिज पठाई । मैले नहेरी वाइफाई अफ गरेँ । सुत्ने प्रयास गरेँ । सकिनँ । हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास कखराको पृष्ठ १९२ पल्टाएर पढ्न थालेँ । सम्पादनका लागि भनेर आएका दुई कवितासङ्ग्रह र एक धार्मिक पुस्तकको पाण्डुलिपि पनि सँगै थिए । हाइ काढ्दै पुस्तक सिरानी नजिकैको टेबलमा राखेँ । हरि अधिकारीको सङ्कलित गद्यरचना, सगुना शाहको अनुवादमा शिवा शाहको उपन्यास कान्छा महारानी, नेपालभाषाका आधुनिक कवि पूर्ण वैद्यको धलिमय पानातगु आकाश (निदालमा सुकाइराखेको आकाश), विक्रमभक्त जोशीको कथासङ्ग्रह चोभार ब्लुज, कविद्वय चन्द्र गुरुङको जब एउटा मान्छे हराउँछ र राखी गौचनको प्रमिथसको फिलिङ्गो कवितासङ्ग्रह पनि सँगै थिए । पढ्नुपर्ने किताब सिरानी छेउमा राख्ने बानी छ । किताब टेबलमा राखिसकेपछि मनमा हल्का खुल्दुली जाग्यो । अरू के लेखेकी होली अथर्वाले ! मोबाइल हातमा लिएर वाइफाई अन गरेँ । भाइवर खोलेँ । उसको तस्बिर पठाएकी रहिछ । लेखेकी थिई –आजको तस्बिर । हरियो स्वेटरमाथि कालो आउटर । मैले ड्रेसकोड मिलेन भनेर मेसिज पठाएँ । 

उसको जवाफ एकैछिनपछि आयो । ड्रेसकोड मिले नि नमिले नि साइज त मिल्छ नि ? फेरि पनि उसले कोड ल्याङ्ग्वेज बोलेकी छ । मैले के भनेकी भनेर सोधेँ । उसले भनी ड्रेसकोडको अर्थ के रह्यो र साइज मिले पुग्छ भनेकी नि । भोकालाई भोजन भए पुग्दैन ? कुन खाना र कस्तो खाना भन्ने मतलब हुन्छ र हजुर ? मैले तिमीसित नसकिने रहेछ भनेर मेसिज पठाएँ । उसले लाज मानेर आँखा छोपेको इमोजी पठाउँदै अस्ति त सक्नुभएको थियो त । आजसम्म दुखिरहेको छ भनेर मेसेज पठाई । 

मैले पनि एउटा फोटो पठाएँ । ऊसले तर्सेको इमोजी पार्सल गरी । मैले के भयो भने सोधेँ । उसले के हो यस्तो भनेर सोधी । मैले मलाई यस्तो देख्ने मन छ भनेर मेसेज हु‍¥याएँ । उसले कसलाई भनेर मेसेज पठाई  । मैले तिमीलाई अफकोर्स भनेर मेसेज रिप्लाई गरेँ । उसले दुवै हत्केलाले अनुहार छोपेको इमोजी पठाई । आफू लजाएको भावको सन्देश । मैले के भयो भनेर मेसेज गरेँ । उसले सिक्स प्याक वाला लक्का जवानको फोटो मेसिज पठाई । मैले बीएफ हो भने प्रश्न पठाएँ । मेरा लागि हजुर नै सबै थोक हो अहिलेका लागि भनेर मेसेज पठाई । मैले– अहिलेका लागि ? भनेर प्रश्न चिन्हसहितको मेसेज ठेल्दिएँ ।

उसले पारदर्शी पहिरनमा रातो ब्रा र सेतो पेन्टी स्पष्ट देखिने नाइट गाउन लगाएको आफ्नो फोटो मेसिजमा पठाइ । र, अफलाइन भई । अफलाइन हुनुअघि लेखेकी थिई– यो कास्टिङ हो– पूरा सिनेमा अबको वसन्त ऋतुको पहिलो पूर्णिमामा है त ?

————————


मैले उसलाई पूरै देखेको हो । तर यसरी पहिलो चोटि देखेको हो । हिउँद र वसन्तमा यति फरक हुँदोरहेछ । मैले बाथटपमा एक मन भइरहेका एक जोडीको फोटो पठाएँ । अनि अफ भएँ । 

आज बिहान म पूरै भिजेको छु । त्यही नशामा लेखेको छु एउटा मेसेज– मैले आज क्लिन सेभ गरेको छु ज्यान, तिमीलाई पनि क्लिन सेभमा देख्ने भित्री चाहना छ ! 

फ्रेस भएर फर्केपछि मोबाइल खोलेर हेरेँ– मुसुक्क हाँसेँ । लेखिएको छ– वसन्तलाई स्वागत गर्न मिसन कम्प्लिट ।

होलीमा हानिने बलुनमा पानी किन भरिएको होला ? म भने उसले सोधेको प्रश्नको उत्तर गमिरहेको छु । र, वसन्तको पहिलो पूर्णिमा पर्खिरहेको छु ।


————————


फेसबुक वालमा एउटा कविता पोस्ट गरेँ । 

आमाले भन्नुभएको 

सँगै हिँडौँ सँगै पुगौँ भन्ने प्रण गरेका मायालुले आई हेट यू ज्यानको जवाफ आई फेट यू टू मुटु भनेर फर्काउँछन् भने उनी कुशल व्यवस्थापक र मुटुको असल शासक हुन् । उनलाई दिलको राजधानीबाट कहिल्यै सत्ताच्यूत नगर्नू । 

‘आई एम भेरी एङ्ग्री ।’ भनेर आएको मेसेज पढेर फर्किने बेला स्वादिष्ट र, मनपर्ने खाजा बोकेर घर पुग्ने जीवनसाथी स्वाभिमानी, इमानदार र, उत्कृष्ट अभिभावक हुन् । बदलामा अनुहारमा मीठो मुस्कान भरेर पहिलो गाँस उनैको मुखमा हाल्दै दुवै आँखा झिमिक्क झिम्काउनू र, च्वाक्क चुम्बन दिनू ।

माया गरेको मान्छेले हाउ आर यूको सट्टा हु आर यू भनेर गरेको मेसेजको जवाफमा आइएम फाइन भनेर लेख्ने मायालुको साथ र हात कहिल्यै नछोड्नू । किनकि उनी आफूलाई छोडेर गएको रिसमा लामो समयपछि फर्केकी आमालाई झर्किंदै, घुक्र्याउँदै आफ्नो छातीमा मुक्का बर्साउँदै धुरुधुरु रुने सन्तानलाई झैँ मुसुमुसु हाँस्दै– मेरो पुता भन्दै आफ्नो ममताको अँगालोमा टाँसेर स्नेहले शिर मुसार्दै हुर्काउने जननी हुन् ।

पोस्ट भएको केही बेरमै २१ लाइक र ७ कमेन्ट आए । ती कमेन्टलाई धन्यवाद दिँदै गर्दा आठौँमा उसको प्रतिक्रिया थियो । उसले लेखेकी थिई, “जीवनमा धेरै कविता पढेकी छैन । तर जति पढेकी छु बुझेकी छैन । यो कविता पढेँ र तीन तरिकाले बुभेmँ । यस कविताको सामाजिक, मनोवैज्ञानिक र नैतिक आदर्श र जीवनदर्शन उत्कृष्ट छ । आमाको काखलाई पहिलो स्कुल मान्ने अरबौँलाई यस कविताले न्याय गरेको छ । र, भत्किँदै गएको विवाह परम्परा वा संस्कृतिमाथि प्रहार भइरहेको बखत यस कविताका प्रत्येक अनुच्छेदमा दम्पत्तिका लागि खुराक छ । बधाई छ कविजी ।”


————————


हाम्रो भेट भएको पाँच वर्षमा खासै त्यस्तो सम्झनलायक घटना घटेन । ऊ स्वास्थ्य विभागकी कर्मचारी । म बेरोजगार । जनस्वास्थ्यमा मास्टर्स गर्दै थिएँ । ऊ कार्यरत संस्थामा एक दिन थेसिसको सिलसिलामा पुगेको थिएँ । मैले उसलाई देखेको पहिलो पल्ट हो । मलाई प्रश्नोत्तर सङ्कलन गर्ने कार्यमा धरै सहयोग गरेकी थिई उसले । त्यही सिलसिलामा चियाकफी गफ गरेका थियौँ । नम्बर साटासाट गरेका थियौँ । सामाजिक सञ्जालमा पनि जोडिएका थियौँ । 

हाम्रो घनिष्टता बढ्दै गएको थियो । अक्सर अबेर रातिसम्म कुराकानी हुन्थ्यो । प्रायः साहित्य र लेखनका बारेमा सोध्थी । म खासै जवाफ दिन्नथेँ । 

सुमधुर सपनीको कामना भन्दै उसको मेसेज आयो । मैले के छ ज्यान भनेर जवाफ फर्काएँ । केही बेर टाइप भइरहेको देखायो मेसेन्जरमा । केही  मिनेटपछि एउटा भावनात्मक कविता पठाइन् ।

दुःख कहिल्यै नपरोस्, पीडाले कहिल्यै नछोओस्

खुसीले प्रेम गरोस्, मुस्कानले प्रस्ताव राखोस्

फूलले चुमोस् तिम्रो ओठ, सुगन्धले मागोस् गर्भादान

हर्ष र उमङ्ग सन्तान होऊन् तिम्रा, टेकेको पाइलामा फूल फूलोस्

सफलता तिम्रो बोलीमा बसोस्, ईश्वर सधैँ दाहिना परून्

वसन्त तिम्रो जीवन होस्, फलोस् फुलोस् जिन्दगी मगमगाओस् 

चराहरूले तिम्रै महिमा गाऊन्, सबै सुख तिमीसित बास माग्न आऊन्

चतुर्मुख ब्रह्माले गरून् तिम्रो प्रशंसा, ब्रह्मर्षी नारदले गरून् तिम्रो चर्चा

हजार जिभ्रा भएका, शेष नागले गरून् तिम्रो गुणको वर्णन

र, म गौरवले देख्न सकूँ सगरमाथा तिमीलाई ।

मैले, अरे वाह ! भन्दै बधाई भनेर मेसेज गरेँ । उसले मिलाइदिनूस् है भन्दै मेसिज पठाई । मैले पनि एउटा चटपटे मेसिज पार्सल गरिदिएँ । 


अहिले

मेरी नायिका गर्भवती छिन् 

ऊ पनि तिमीजस्तै

मेरो छाती आँगनमा शासन गर्छे

मेरो मुटुको सिंहासनमा विराजमान छे

बिल्कुल तिमीजस्तै 

जसले प्रण गरेकी छ

जीवनको पहिलो यौवनमिलन

केवल आफ्नै मुटुसित होस्... ।


तर मुटु... ! उसले अधुरो मेसिज पठाई । मैले तर के ? भनेर प्रश्न पठाएँ । उसले आई एम सरी भनेर मेसेज पठाई । मैले सरी किन भनेँ । उसले म हजुरको पहिलो बन्न सकिनँ भनेर मेसिज पठाई । 

उसले कलमा कुरा गरौँ न, मिल्छ भनेर मेसिज पठाई । मैले हुन्छ भनेर जबाफ पठाएँ ।


म– हेलो, के छ खबर ?

ऊ– हाई मुटु, म ठीक छैन । 

म– के भयो तिमीलाई ?

ऊ– भिटामिन यूको कमी भाको छ रे, डाक्टरले भनेको । 

म– हे, हे, हे... । 

ऊ– हो के । किन हाँस्नुभएको ?

म– अनि अरू के भनेका छन् डाक्टरले ?

ऊ– मलाई नि केयरको मिनेरल्स र मायाको भाइटामिन्स खान भनेका छन् । अँगालोको क्याल्सियम र डट डट डटको कार्बोहाड्रेट्स् पनि खान भनेका छन् ।

म– वाट अ जोक ! अस्ति भर्खर त... 

ऊ– हा हा हा... मलाई याद छ पुस ११ गते शनिबार । उसले बीचैमा कुरा काटी ।

केही छिनको मौनता पनि उसैले तोडी । 

ऊ– सुन्नुस् न ।

म– सुनाऊ न ।

ऊ– हजुर म्यारिड त होइन नि ?

म– नो । तर... । किन सोधेकी ?

ऊ– तर ? मतलब गर्लफ्रेन्ड छ ?

म– अहँ, छैन । 

ऊ– मतलब, हजुर समलिङ्गी पो ?

म– होइन त ।

ऊ– त्यसोभए मुटु, हजुर किन यति आकर्षक । यति प्रेमिल, कसरी ? म किन हजुरप्रति, हजुरको व्यक्तिप्रति फिदा छु ? हजुरको आवाजमा जादु । बोलाइमा मोहनी । हेराइमा लठ्ठ बनाउने क्षमता । मानिसको भीडमा हजुर किन भिन्न देख्छ्ु ? कामुक र शक्तिशाली । कलामा निपुण । व्यावहारिक र हरेक कुरामा पारङ्गत । सर्वगुण सम्पन्न । पूर्णरूपमा पुरुष ।

म पूरा स्तब्ध भएँ । मसित बोल्न कुनै कुरा थिएन । मैले केही नभनी कल डिसकनेक्ट गरिदिएँ । तर उसको भावोत्तेजक र सम्पूर्ण समर्पण र हृदयको कोमल खण्डदेखि गरको मेरो प्रशंसाले म पग्लिरहेको थिएँ । 


मैले मेसेज गरेँ ।

म– तिम्रो ब्वायफ्रेन्ड ? 

ऊ– उम् । 

उसले सबै बेलिबिस्तार लगाई । १८ वर्ष छँदादेखिको चिनजान । एउटै कलेज पढ्ने । एक बर्थडे पार्टीपछिको सँगै बसाइमा उनीहरूबीच भएको प्रेमिल सम्बन्ध भयो । त्यसपछि दुवैका परिवारबीच पारिवारिक सम्बन्धजस्तो भयो । सदरमुकाम आउने क्रममा सँगै बसिन्छ । अफिसले क्वार्टर दिएको छ । तर अहिले दुवैबीच दूरी बढेको छ । फोन कम हुन्छ । च्याट जहिल्यै अफ हुन्छ । कहिलेकाहीँ सम्पर्क भइहाल्यो भने पनि झर्केर बोल्न थालेको छ । दिनभरि अफिसमा हुन्छु । राति एकैछिन कुरा गर्न खाज्यो । धेर नबोल । सुत भनेर मेसेज गरेर मोबाइल अफ गरेर सुत्छ । सायद अघाएको छ । 

उसले लामो मेसेज छोडेकी थिई मेसेन्जरमा  । हजुरसित कुरा गर्दा मन हलुङ्गो हुन्छ । सबै बताएको छु हजुरलाई । हजुरलाई धोका दिन चाहन्न । 

हजुरले फेसबुकमा राख्नुभएको प्रायः स्टाटस सेभ गरेर राखेकी छु । 

कोही कसैका लागि रुँदैनन् । सधैँभरि कोही कसैसित हुँदैनन् । स्वार्थ सकिएपछि सबै सकिन्छ । प्रेम खत्तम बिहेपछि घर सुरु, सम्बन्धलाई जोगाउन डर सुरु ।

हजुरसितका त्यो एक रात र तीन दिन मेरो लागि जिन्दगीभरको याद हो । म हजुरको जति तारिफ गरे पनि सक्दिनँ । हजुरका आदर्श र दर्शनको म ठूलो प्रशंसक बनेकी छु । प्रत्येक फोटो सेभ गरेर राखेकी छु । तर ती केही महिना वा वर्षका लागि हुन सक्ला । किनकि केही समयपछि बिहे गर्छु भन्नुभएको छ । घरमा पनि दबाब दिन थाल्नुभएको छ । बुबाको हालत मैले हजुरलाई बताएकी छु । बाल्यकालमा मलाई बोकेर हिँड्दा कहिल्यै नथाक्ने बाबा एकाएक परिवर्तन हुनुभएको छ । आमासित झगडा । भाइलाई मामाघर राखेर पढाएको छु । मलाई हजुरले आफ्नो कथा सुनाउनुभएको अभैm याद छ । जसले हजुरलाई छोडेर गइन् उनी संसारको सबैभन्दा अभागी हुन् । हजुरको साथ पाउने मान्छे संसार गुमाए पनि खुसी हुनेछिन् । किनकि हजुरमा एउटा बृहत् संसार छ । एउटा छुट्टै संसार । 

एक दिन हजुरले मसित तिमीले कसैसित साँचो प्रेम गरेकी छौ भनेर सोध्नुभएको थियो । मैले छु भनेको थिएँ । त्यो मेरो साँचो प्रेम होइन रहेछ । त्यो पनि मैले हजुरको फेसबुक स्टाटस पढेपछि थाहा पाएँ । हजुरले लेख्नुभएको थियो– “यदि तपाईंलाई पहिलो प्रेम र दोस्रो प्रेमबीच कुनै एउटासित बिहे गर्नुपर्ने भएमा दोस्रोसित गर्नू । किनकि यदि तपाईंले पहिलोसित साँचो प्रेम गर्नुभएको थियो भने दोस्रोसित प्रेम नै हुने थिएन ।” के गरूँ मुटु ? गर्नुहुन्छ मसित बिहे ? भर्नुहुन्छ मेरो सिउँदोमा सिन्दूर ? 

मैले एक दिन हजुरसित साँचो प्रेम भनेको के हो भनेर सोधेको थिएँ । हजुरले मलाई आँखा चिम्लिन भन्नुभएको थियो । मैले बुझेकी थिइनँ । अचेल म प्रायः हजुरको विधि अपनाउँछु । र, मौन बस्छु । त्यो मौनतामा म शून्य हुन्छु । यसरी म शून्यबाट फर्कन्छु र फेरि हजुरको प्रेमले भरिन्छु । रित्तिनु र रित्तिएर भरिनु प्रेम रहेछ ।  

हजुरले भन्नुभएको थियो– तनले गर्ने चाहना माया हो । मनले गर्ने समर्पण प्रेम हो । साथका लागि गरिने सम्झौता– बिहे हो । जीवनभर दिइने साथ श्रद्धा हो । स्वार्थका लागि गरिने सङ्गत स्वार्थ सकिएपछि सकिन्छ । अवचेतन मनले गाँसेको प्रेम छुटेपछि थाहा हुन्छ । दिमागले गरेको प्रेम व्यापार हो । मुटुले गरिने श्रद्धा प्रेम हो । प्रेमले गरिने प्रेम सारा भ्रम सक्किँदा पनि प्रेम नै रहन्छ । 

अँ, मैले ११–५–१४–१९ को अर्थ वा मतलब के होला भनेको थिएँ हजुरसित । हजुरले तिम्रो कलेजको रजिस्ट्रेसन नम्बर होला भन्नुभएको थियो । मैले जुन दिन थाहा हुन्छ, त्यो दिन हजुरका लागि सप्र्राइज हुनेछ भनेको थिएँ । 

पुसको ११ गतेको रात मैले जीवनकै दोस्रो साहस गरेर हजुरसित एकाकार भएको थिएँ । 

त्यसपछि माघको ५ गते हिउँ परेको दिन हजुरले मलाई आफ्नो यौवनको शक्तिले पानी बनाएर पगाल्नुभएको थियो । 

त्यसपछि अर्को वर्ष वैशाखको १४ गते मलाई जन्मदिनको उपहार दिँदै जीवनको दोस्रो चरमोत्कर्षमा पु¥याएर पूर्ण सन्तुष्टिको उपहार दिनुभएको थियो । 

र, चैत १९ गते मङ्गलबार वसन्तको पहिलो पूर्णिमाको गोधूलिमा कोसीको बेगभैmँ बगाएर मलाई पूर्णचन्द्र बनाउनुभएको थियो । त्यस दिनपछि म अर्कै भएको छु मुटु । मलाई उहाँको कुनै याद आउन छोडेको छ ।

म खुसी छु । खुसी यस अर्थमा कि म स्वतन्त्र भएकी छु । मेरो जीवनको रङमा परिवर्तन आएको छ । त्यो आठौँ रङमा हजुरको रङ मिसिएको छ । म पागलै भएँ भने त भन्न सक्दिनँ तर हजुरको तनको सुगन्ध जुनसुकै अत्तर भिरेर आए पनि थाहा पाउने छु । 

हजुरको साहस दिने तरिका र दुनियाँले एक्लो बनाउँदा पनि हजुरको मुस्कानको ताकत मेरो बाँच्ने आधार बनाएकी छु ।