• १६ भदौ २०८१, आइतबार

युमिनलाई मिसेस नेपाल कल्चरको उपाधि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १० गते । ‘मिसेस नेपाल कल्चर–२०२२’को उपाधि युमिन खत्रीले जित्नुभएको छ। ३७ प्रतियोगीलाई पछि पार्दै उहँले शीर्ष उपाधि चुम्नुभएको हो। 

राष्ट्रिय नाचघर जमलमा शनिबार आयोजित प्रतियोगितामा शुभेच्छा ढकाल राणा फस्ट रनरअप, ज्योति दीक्षित सेकेन्ड रनरअप, सुस्मिता भण्डारी अधिकारी थर्ड रनरअप र मञ्जु पाठक फोर्थ रनरअप हुनुभयो ।

युहान इन्टरनेसनल इभेन्ट्सले विवाहित महिलाहरूको अनुभव, परिपक्वता, सिकाइ अझ बृहत् र विस्तारित रूपमा समाजसामु ल्याएर उनीहरूको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तीकरणमा योगदान पु-याउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।  

सङ्गीता रौनियार, गजित विष्ट, नानी थापा, प्रशान्त ताम्राकार, लक्ष्मी भण्डारी निर्णायक रहेको प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नुभएको हो।

प्रतियोगिताका विजेताले शीर्ष उपाधिका साथमा दुई लाख रुपियाँबराबरको उपहारका साथै विभिन्न अवसरसमेत प्राप्त गर्नुभएको छ।