काठमाडौं, असोज ८ गते । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्राजिल सजिलै विजयी भएका छन् । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले होन्डुरसलाई ३–० गोलले हरायो ।
अर्को खेलमा ब्राजिलले पनि घानालाई ३–० गोलले नै स्तब्ध बनायो । अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले दुई तथा लोउटरो मार्टिनेजले एक गोल गर्नुभयो ।
१६औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा मेस्सीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाउनुभयो । ६९औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई सजिलै दिताउनुभयो ।
यसैगरी ब्राजिलको जितमा रिचार्लिसनले दुई तथा मार्किन्होसले एक गोल गर्नुभयो । मार्किन्होसले नवौं मिनेटमा खाता खोल्नुभएको थियो । रिचार्लिसनले २८औं र ३९औं मिनेटमा दुई गोल गर्नुभएको थियो । एजेन्सी