• ७ पुस २०८१, आइतबार

नुवाकोटको गुर्जेमा बडादशैँ महाभिडन्त रेस्लिङ हुने

blog

रिङ रेस्लिङ प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौं, असोज ८ गते । नेपाल रिङ रेस्लिङ सङ्घ नुवाकोट जिल्ला समितिले अर्को साता बडादशैँ महाभिडन्त रिङ रेस्लिङ प्रतियोगिता हुने भएको छ । 

शिवपुरी गाउँपालिकाको सह आयोजनामा असोज १५ गते नुवाकोटको गुर्जेस्थित कालिका माविमा रेलिङ प्रतियोगिता आयोजना हुने नेपाल रिङ रेस्लिङ सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुप्पी ग्याङ, जोन, सिजे वर्ल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यानस्, एक्स हिरो, सुजल, किङ रोवर्टलगायत नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने आयोजकले जनाएको छ । 

१२ लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा हुनेछ । जसमा हेभि वेट विधाको विजेताले एक लाख ५० हजार, ट्रिपल थ्रेट विजेताले ७५ हजार, ट्याग टिम विजेताले ८५ हजार, लाइटवेट (महिला) विजेताले ६५ हजार, लाइटवेट (पुरुष) विजेताले ५५ हजार रुपियाँ पुरस्कारसहित बेल्ट प्राप्त गर्नेछन् ।

यस प्रतियोगिताको माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ ।