शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दोलखा समाचारदाता
चरीकोट, असोज ८ गते । दशैँलाई लक्षित गरी दोलखाको वैतेश्वर गाउँपालिकास्थित प्राइम बैङ्क शाखाले प्रत्येक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ। गाउँपालिकाको समन्वयमा बैङ्कसम्म धाउनुपर्ने बाध्यताबाट मुक्त गर्न सामाजिक सुरक्षा भत्ता वडामा पुगेर वितरण गर्न लागिएको बैङ्कका शाखा प्रबन्धक उमेशराज गिरीले जानकारी दिनुभयो।
उहाँका अनुसार वडा नम्बर १ का ३१५, वडा नम्बर २ का ३२५ र वडा नम्बर ३ का ३१० जनालाई सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण भइसकेको छ। वडा नम्बर ४ र ५ बैङ्ककै आसपास रहेकाले उनीहरूलाई शुक्रबार बैङ्कबाटै भत्ता वितरण भइरहेको छ। बिदा भए पनि शनिबार वडा नम्बर ६ मा वितरण गर्ने तय भएको छ। उहाँले भन्नुभयो, “आइतबार वडा नम्बर ७ र सोमबार वडा नम्बर ८ मा वितरण गर्ने लक्ष्य रहेको छ।