• ७ चैत २०८२, शनिबार

आजको मौसमः हल्कादेखि मध्यम वर्षा हुने

blog

काठमाडौं, असोज ७ गते । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले छ।

सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राती तराई केही  स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  

हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली  रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती प्रदेशका थोरै स्थानमा र प्रदेश १, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै  नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने  भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।