• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम सरकारमा दुई राज्यमन्त्री थपिए

blog

नवनियुक्त राज्यमन्त्रीलाई सपथ ग्रहण गराउदै मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्विरः भवानी ऐर

कैलाली, असोज १ गते । सुदूरपश्चिम प्रदेश सरकारमा दुई जना राज्यमन्त्री थपिएका छन् । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को आग्रहमा मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवार प्रदेश सांसद बलबहादुर सोडारी र सुशीला बुढाथोकीलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक ममिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रबक्ता एवं आन्तरिम मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिनुभयो । 

नवनियुक्त राज्यमन्त्री दुबै नेकपा (एकीकृत समाजवादीं)का तर्फबाट राज्यमन्त्री बन्नुभएको हो । यसअघि आर्थिक मामिला राज्यमन्त्री अम्मरवहादुर साउदलाई फिर्ता बोलाएर नेकपा (एकीकृत समाजवादी)ले उहाँको ठाउँमा सोडारीलाई पठाएको हो भने भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर तामाङ एमाले प्रवेश गरेपछि उहाँलाई पदमुक्त गरिएको थियो । 

नवनियुक्त दुबै जना राज्यमन्त्रीले शुक्रवार नै मन्त्रालय पुगेर कार्याभार सम्हाल्नुभएको छ । 

Author

भवनी ऐर