शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, भदौ २९ गते । चलचित्र ‘सायरा’को घोषणा भएको छ। मङ्गलबार आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको ‘सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुष्कर झाको निर्माण रहनेछ। पुष्करसँग नेपाली ब्यानर डीबीआर मेडिया एन्ड मूभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहनेछ। चलचित्रमा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपालीलगायतका कलाकारको अभिनय रहनेछ।
चलचित्रको अन्य कलाकार तथा प्राविधिकका बारेमा छिटै जानकारी दिनेसमेत प्रस्तुतकर्ता रघुले बताए। कार्यकारी निर्मातामा काजीमान आत्रेय तथा निर्मातामा पुष्कर झा छन्। यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो।