• ११ असोज २०८१, शुक्रबार

गायक शम्भु राई धनकुटाबाट सिफारिस

blog

हिले, भदौ २३ गते । गायक शम्भु राई धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फ सिफारिस हुनुभएको छ । 

धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर १० चुम्माङ्ग जन्मथलो रहेका राईलाई नेकपा [माओवादी केन्द्र]ले सिफारिस गरेको हो । उहाँसँगै तीन व्यक्तिलाई समेत सिफारिस गरेको छ । त्यस्तै केन्द्रले प्रतिनिधि सभा प्रत्यक्षतर्फ युवा नेता हेमराज भण्डारीलाई चयन गरेको छ । भण्डारी २०७४ सालको धनकुटा एकबाट संविधान सभा सदस्यसमेत हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्रले धनकुटामा बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । त्यस्तै केन्द्रले प्रदेश क र ख प्रत्यक्ष तर्फ ४/४ जना तथा समानुपातिकतर्फ ५/५ जना सिफारिस गरेको छ ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।