• १६ भदौ २०८१, आइतबार

'हिजोआजका कुरा'को गीत 'परदेश' सार्वजनिक

blog

काठमाडौं, भदौ १८ गते । अभिनेता सन्तोष पन्तले निर्माण गर्नुभएको फिल्म 'हिजोआजका कुरा'को गीत 'परदेश' सार्वजनिक भएको छ । असोज २८ मा प्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई साकार पन्तले निर्देशन गर्नुभएको हो । 

यसअघि फिल्मको पहिलो गीत 'ए जदौ माया जदौ' सार्वजनिक भएको थियो । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको गीतमा स्वर र संगीत हर्कुलस बस्नेतको रहेको छ ।

गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलिया, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी, लक्ष्मी भुसाल, रवि डंगोल, मञ्जु श्रेष्ठ, दिव्यदेवको अभिनय देख्न सकिन्छ ।