• १६ भदौ २०८१, आइतबार

‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर रिलिज

blog

काठमाडौं, भदौ १६ गते । ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको ट्रेलर रिलिज भएको छ । दुई मिनेट लामो ट्रेलर जी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

पहिले सार्वजनिक भएको टिजरमा भन्दा ट्रेलरमा केही नयाँ देख्न सकिन्छ । 

‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा, शिव श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेको छ । फिल्म असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने तयारीमा छ ।