• १६ भदौ २०८१, आइतबार

'तिमी नै तिमी' गीत सार्वजनिक

blog

काठमाडौं, भदौ १३ गते ।  गायक दीपक लिम्बूको नयाँ गीत 'तिमी नै तिमी' सार्वजनिक गरिएको छ। सङ्गीतकार तारा प्रकाश लिम्बूको सङ्गीत रहेको 'तिमी नै तिमी' गीतको रचना नवीन थेबेको छ।  

गायक राजेश पायल राईको चर्चित गीत 'बल्ल भेट भो आदाङ्गबे'का रचनाकार नवीन थेबेको रचनामा लामो समयपछि नयाँ गीत सार्वजनिक भएको हो। 

गायक दीपक लिम्बूको अभिनय रहेको भिडियो दीपक गजमेरले छायाङ्कन तथा सम्पादन गर्नुभएको हो ।