• १६ भदौ २०८१, आइतबार

फिल्म 'राधा'को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, साउन ८ गते । फिल्म 'राधा'को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट २९ सेकेन्ड लामो ट्रेलरमा एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र सामाजिक मूल्यलाई तोड्न महिललो गरेको विद्रोहलाई देखाइएको छ । 

गुमनाम भएका पतिको पर्खाइमा एकल महिलाको रुपमा सृष्टिलाई देख्न सकिन्छ । दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ समेत ट्रेलरमा देखिनुभएको छ । 

सौगात मल्ल, देवकी विष्ट र हीराल जोशीको निर्माण रहेको फिल्म भदौ १० गते प्रदर्शन हुँदैछ । फिल्मलाई सुवर्ण थापाले निर्देशन गर्नुभएको हाे ।