• १३ साउन २०८१, आइतबार

नागरिकता विधेयकबारे सही सूचना प्रकाशन गर्न महामन्त्री थापाको आग्रह

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन
हेटौंडा, साउन ६ गते ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकबारे सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभएको छ ।

शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको नवौँं महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै  महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै जनताले आफ्नो मूल्याङ्कन गर्ने भएकाले सही सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो ।

संसदमा नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय भएको उहाँको भनाइ छ । साथै उहाँले यसलाई छलफलमा भएका कुरालाई सही ढङ्गले प्रस्तुत गर्न आवश्यक रहेको बताउनुभयो ।

महामन्त्री थापाले जनतालाई सत्यतथ्य कुरा सही ढङ्गले सम्प्रेषित गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै, सही ढङ्गले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेको पनि उहाँ बताउनुहुन्छ ।