काठमाडौँ, फागुन २७ गते । स्पेनिस पावर हाउस बार्सिलोना च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा न्युक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ ।
न्युक्यासलको मैदानमा मङ्गलबार राति भएको खेलमा बार्सिलोना र न्युक्यासलले १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले खेलको अन्तिममा गोल फर्काउँदै हार टारेको हो ।
८६औँ मिनेटमा हार्भी बार्न्सले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाउनुभयो । तर अतिरिक्त समयको अन्तिम मिनेटमा युवा स्टार लामिन यामलले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाउनुभएको थियो ।
न्युक्यासलका मालिक थियावले बार्सिलोनाका डानी ओल्मोलाई डिबक्स भित्र लडाइपछि प्राप्त पेनाल्टीलाई यामलले सदुपयोग गर्नुभएको थियो ।
यस्तै च्याम्पियन्स लिगको अन्य खेलमा लिभरपुल टर्कीको गालाटासारेसँग १–० गोलले पराजित भएको छ । अन्य खेलमा बायर्न म्युनिखले एटलान्टालाई ६–१ र एट्लेटिको म्याड्रिडले टोट्टनहामलाई ५–२ गोलले हरायो । एजेन्सी