• ६ फागुन २०८२, बुधबार

आभा फुटबल क्लब आहाराराको सेमिफाइनलमा

blog

आभा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड प्रतिस्पर्धा गर्दै ।

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), फागनु ५ गते । आभा फुटबल क्लब उज्वेकिस्तान पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २५ औँ संस्करणको सेमिफाइनल यात्रा तय गरेको छ । 

मंगलबार पोखरा रङ्गशालामा भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोलले पराजित गरी आभा सेमिफाइनल पुगेको हो । आभालाई सेमिफाइनल पु¥याउन उमिदजोन कारिलोभले एक गोल गर्नुभयो । 

खेलको ५६ औँ मिनेटमा उहाँले गरेको गोल नै मंगलबारको खेलको पहिलो, अन्तिम र निर्णायक गोल हो । उहाँ नै प्लेयर अफ दी म्याच घोषित हुनुभयो । दुबै टोलीले खेलमा पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् । आभाले सेमिफाइनलमा जाउलाखेल युथ क्लबसँग बिहीबार खेल्नेछ । 

गत वर्ष २४ औँ आहारारा पोखरा गोल्ड कपको उपाधि जितेको उज्बेकिस्तानको ब्ल्याक बुल्स क्लब अहिले आभा फुटबल क्लबको नामबाट प्रतियोगितामा सहभागी भएको हो । 

प्लानिङ ब्वाइजका प्रशिक्षक पञ्कज साहीले खेलाडीले राम्रो खेले पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोरेको बताउनुभयो । माघ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनल खेल आयोजक सहारा क्लब र मनाङ मस्र्याङ्दी क्लबबिच हुनेछ ।