कबिराज घिमिरे
हिले, माघ २६ गते । तेह्रथुमको छथर गाउपालिकामा छथर क्षेत्रमा जातीय, सांस्कृतिक विविधता तथा साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा केन्द्रित प्राज्ञिक विचार गोष्ठी आयोजना गरिएको छ ।
छथर साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। प्रमुख अतिथि राईले छथर क्षेत्र बहुजातीय, बहुसांस्कृतिक र साहित्यिक रूपमा समृद्ध क्षेत्र भएको उल्लेख गर्दै यस्ता गोष्ठीहरूले स्थानीय पहिचान संरक्षण र साहित्यिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
जातीय विविधता नै समाजको शक्ति भएको उल्लेख गर्दै सहअस्तित्व, सहिष्णुता र साझा संस्कृतिको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। गोष्ठीमा विभिन्न वक्ताहरूले छथर क्षेत्रका जातीय संस्कार, भाषा, संस्कृति र साहित्यिक परम्पराका विषयमा कार्यपत्र प्रस्तुत गर्दै छलफल गरेका कार्यक्रममा छथर साहित्य समाजका अध्यक्ष दिनेश थापाले जानकारी दिनु भयो कार्यक्रममा स्थानीय साहित्यकार, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।