• १६ भदौ २०८१, आइतबार

फोहोर व्यवस्थापनमा युवाको चासो

blog

अर्जुन चौपारी ३ को घट्टेमा अव्यवस्थित रुपमा फालिएको अर्जुन चौपारी बजारको फोहोरलाई व्यवस्थापन गर्दै युवा। तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, असार ३२ गते। व्यवस्थापन केन्द्र बनेर व्यवपस्थित हुन नसकेको अर्जुन चौपारी गाउँपालिका बजारको फोहोर व्यवस्थापनमा युवाले चासो देखाएका छन्। एक वर्ष पहिला ७५ लाखको लागतमा फोहोर व्यवस्थापन केन्द्र बनेपनि बजारमा संकलन भएको फोहोर केन्द्र बाहिर र सडकमाा फालिएको थियो।

पुरानो जनप्रतिनिधीले टोल टोलमा एक ट्याक्टरको ५० प्रतिशत आर्थात् दुई हजार दिने गरी छ महिना पहिला व्यवस्थापन केन्द्रमा फाल्ने सम्झौता भएको थियो।

सम्झौता अनुसार फोहोर व्यवस्थापन हुनुपर्नेमा बाटो र केन्द्र बाहिर सयौ ट्याक्टर फोहोर फालिएपछि स्थानीयले जनप्रतिनिधीलाई विरोध गरेपछि पालिकासँग समन्वय गर्दै व्यवस्थापन गरेको नरेश रोकाले बताउनुभयो। 

युवाहरुको टोलीले जल्ने फोहोलाई जलाएर र सिसालाई डोजरको माध्यमबाट खाडल खनेर छ घण्टाको प्रयासमा व्यवस्थापन गरेको हो। 

तत्कालका लागि समस्या निराकरणका गर्न युवाको प्रयासलाई धन्यवाद दिँदै पालिका अध्यक्ष प्रकाश तिवारीले दिर्घकालीन रुपमा फोहोर व्यवस्थापनमा पालिकाले फरक शैली बनाएको बताउनुभयो।

 कुहिने र नकुने फोहोर छुट्टाएपछि मात्र संकलन हुने बताउदै तिवारीले नकुहिने सिसालाई फरक संकलन गरिने बताउनुभयो। लाखौ खर्च गरेर निर्माण भएको फोहोर व्यवस्थापन केन्द्र प्रयोगमा आउने बताउदै तिवारीले युवाकै माध्यमबाट फोहोरलाई आर्थिक आर्जन गर्ने बताउनुभयो। 

फोहोर व्यवस्थापनको जिम्मा लिएर सम्बन्धित ठाउँमा नपुराई बाटो र सडकको छेउछाउमा लगेर फालिएको र सम्बन्धित ठाउँमा नपुराई छाड्ने साधनको सम्झौता रकम पालिकाले रोक्का समेत गरेको प्रमुख प्रसासकिय अधिकृत उज्वल बस्नेतले बताउनुभयो।