काठमाडौँ, असार ३० गते । ७८ वर्ष लागेका सुजित चट्टोपाध्याय पश्चिम बङ्गालका एक अवकाशप्राप्त शिक्षक हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा ३५० विधार्थीलाई पढाउनुभएको छ । ती सम्पूर्ण विधार्थी अभावमा बाँच्न बाध्य सीमान्तकृत वर्गमा पर्छन् । यो संसार प्रायः आफूले आफ्नोबारेमा सोच्ने प्रवृत्तिमा केन्द्रित हुँदाहुँदै पनि सुजित भने यो अवधारणालाई फेर्न सफल हुनुभएको छ । र, ती सीमान्तकृत समुदायको उत्थानमा योगदान पु-याएबापत उहाँलाई भारत सरकारले पद्मश्री पुरस्कारले सम्मान गरेको छ । पद्मश्री सम्मानित उहाँ रामनगर उच्च माध्यमिक विद्यालयको अवकाशप्राप्त प्रधानाध्यापक हुनुहुन्छ ।
३९ वर्ष गाउँमै पढाउने सेवापश्चात् अवकाश पाए पनि उहाँ निरन्तर सामाजिक अभियन्ताका रूपमा लागेका छन् । उहाँ अवकाशपछि सडाई फकिरा पाठशालाको उत्थानमा संग्लन रहनुभयो । यो पाठशाला अन्य पाठशालाजस्तो सञ्चालनमा रहेको छैन । जहाँ दैनिकी कक्षा सँचालन र पीटीए हँुदैन । यस स्कुलमा ८०५ विद्यार्थी छात्रा रहेका छन् । जो निम्न आयस्रोत भएका परिवारका हुन् । स्कुल बिहान ६ः३० मा सुरु भई साझ ६ बजेसम्म चल्छ । सुजितले सामाजिक शिक्षा माध्यमिक तहलाई र डिग्री कोर्समा
बङ्गाली स्नातकका विद्यार्थीलाई पढाउँछन् । उहाँलाई मास्टर मोसाएको नामले पनि आफ्ना विद्यार्थीले चिन्ने गरेका छन् । स्कुलको शुल्क वार्षिक जम्मा दुई रुपियाँ रहेको छ । उहाँ भन्नुहुन्छ, “यो निम्न शुल्क पनि स्कुलमा कार्यरत शिक्षकको सम्मानका लागि लिइएको हो ।”
आफ्नो गाउँमा स्कुल निर्माणका लागि सुजितले कैयौँपटक स्थानीय सरकारलाई निवेदन पनि दिनुभयो । सार्वजनिक यातायातको सुधारबारे पनि उजुरी दिनुभयो । तर, सम्बन्धित निकायले उहाँको कुरालाई वास्ता गरेन । स्थानीय सरकारले समेट्न नसकेको योगदानलाई टेलिग्राफ एजुकेसन फाउन्डेसन नामक संस्थाले उहाँको सत्कर्मबारे उजागर ग-यो । यसरी उहाँको शिक्षा नै धर्म हो भन्ने विषयको लगावका कारण उहाँलाई भारत सरकारले सम्मानित गर्ने जमर्को ग-यो । अनि उहाँका सत्कार्यको प्रतिफल प्राप्त भो ।
अब भने उहाँ सत्कर्मी प्रधानाध्यापक र मास्टर मोसाएमात्र होइनन्, हरेक शिक्षा क्षेत्रमा लाग्ने शिक्षकका लागि आदर्श पात्र पनि हुनुहुन्छ । उहाँ एक कुशल शिक्षक हुनुका साथै विद्यार्थीका लागि एक राम्रो अगुवा पनि हुनुहुन्छ । उहाँ सबैको मद्दतका लागि सदैव तत्पर रहन्छन् । त्यसैले उहाँलाई गाउँमा सबैले सधैँ सम्झिरहन्छन् । –एजेन्सी