• ८ मंसिर २०८१, शनिबार

महत्त्व गुरुपूर्णिमाको

blog

‘गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वर !

गुरुसाक्षात परबह्मातस्मै श्री गुरवे नम !!’

यो सृष्टिका रचनाकार (ब्रह्मा) पनि गुरु, सञ्चालनकर्ता (विष्णु) पनि गुरु, संहारकर्ता (महेश्वर) पनि गुरु नै हुन् । गुरु नै त्यो परमतत्त्व हुन् जसबाट यो जगत् सञ्चालित छ । त्यस्ता सद्गुरुदेवलाई मेरो सादर प्रणाम छ । यसरी मानवलाई यो सृष्टिको अस्तित्व, सञ्चालन प्रक्रिया र जीवनको सार्थकताबारे ज्ञान प्रदान गर्ने गुरु नै परब्रह्मका रूपमा मानिएको छ ।

नानीबाबुु ! गुुरुपूर्णिमा, गुुरुलाई विशेष सम्मान गर्ने दिन हो । असार महिनाको शुक्ल पक्षको पूर्णिमाको दिनलाई गुुरुपूर्णिमा भन्ने गरिन्छ । यो वर्षको गुुरुपूर्णिमा असार २९ गते बुधबार परेको छ । आफूलाई विद्यालय, विश्वविद्यालयमा पढाउने, खेलकुद, सङ्गीत, नाच, वाद्यवादन सिकाउने सबैलाई गुरु भनिन्छ । यो दिन गुुरुलाई भगवान्सरह मानेर आदर गर्नुका साथै दक्षिणा वा उपहार दिने चलन छ । 

हाम्रा नानीबाबुले पनि यो दिन आफूलाई पढाउने शिक्षक र शिक्षिकालाई सम्मानस्वरूप फूल वा उपहार दिने गर्नुभएको छ होला नि है । हाम्रा धार्मिक गन्थ्र वा शास्त्रमा आमाबाबु, गुुुरु, गुुरुआमालाई मन (वचन) बोली र कामले प्रसन्न पार्न, आदर गर्न सम्मान गर्न सिकाएको छ । यसैले त यो दिनको निकै पुरानो इतिहास र महत्त्व छ । 

हाम्रा उपनिषद्मध्ये तृतीय उपनिषद् एउटा प्रसिद्ध उपनिषद् हो । त्यसमा गुुरुलाई सम्मान गर्न सिकाइएको छ । नेपालको तनहुँको व्यासमा जन्मेका व्यासलाई महागुुरुका रूपमा गुुरुपूणर््िामाको स्मरण गर्दै पूजा गरिन्छ । त्यो दिन व्यासको जन्मजन्यती पनि पर्छ । खास गुुरुपूर्णिमा वेदव्यासको जन्मजन्यतीका दिनमा मनाइन्छ । नानीबाबु हजुरहरूलाई थाहा छ? व्यासलाई वेदव्यास पनि पनि भनिन्छ । विभिन्न धर्मशास्त्रका अनुसार वेदव्यासको जन्म नेपालको तनहुँ जिल्लास्थित व्यास भन्ने ठाउँमा भएको थियो । वेदव्यास महाभारतका रचनाकार एवं लेखक पनि हुनुहुन्छ । वेदव्यास हिन्दुको प्राचीन ग्रन्थ वेदलाई सम्पादन गरेर सबैले पढ्न र बुझ्न सक्ने बनाउनुुभएको थियो । त्यसैले गुुरुपूर्णिमाका दिन वेदव्यासलाई महागुुरुका रूपमा स्मरण गरेर पूजा गरिन्छ । 

संस्कृतविद् प्रा.डा वीणा पौडेलको विचारमा गुरुबिना यो संसार अन्धकार छ, अर्थहीन छ त्यसैले मानव जीवनमा गुरुको महत्त्व ठूलो छ । उहाँ भन्नुहुन्छ ­मानव जगत्मा गुरुलाई सर्वश्रेष्ठ स्थानमा राखिएको छ तर पहिलेजस्तो गुरु र शिष्यबीचको निष्ठा, शिक्षा र ज्ञानप्रतिको आदर र विश्वास हराउँदै गएको छ ।

संस्कृतिविद् प्रा.डा. पौडेलका अनुसार गुरुपूर्णिमा हिन्दु समाजमा मात्र नभएर बौद्ध समाजमा पनि बुद्धले सारनाथमा आफ्नो पहिलो उपदेश दिएको सम्झनामा गुरुपूर्णिमा मनाउने गरिन्छ । अन्य क्षेत्रमा गुुरु र शिष्यबीचको सम्बन्ध कम हुँदै गए पनि संस्कृत र शास्त्रीय सङ्गीतको क्षेत्रमा यो परम्परा अझै सम्मानजक रहेको उहाँ देख्नुहुन्छ । 

त्यसो त आजको वर्तमान समाजमा आफ्ना शैक्षिक गुरुलाई पनि यो दिनमा सम्झने प्रचलन बढ्दो रूपमा छ । आधुनिक भौतिक तडकभडक र व्यावसायिक बन्दै गइहेको शैक्षिक प्रणालीमा प्रशासनिक तथा अन्य विविध कारणले गुरु र शिष्यबीच अल्पकालिक सम्बन्ध देख्न सकिन्छ तर प्राचीनकालको गुरुकूलीय शैक्षिक प्रणाली आजको भन्दा बिल्कुल भिन्न थियो । उहिले गुरु र शिष्यको सम्बन्ध बाबु र छोरासहर हुन्थ्यो तर अचेल पैसामा सबै कुरा दाँजिन थालिएको संस्कृतविद् प्राडा पौडेलको भोगाइ छ । 

गुुरुको महत्व साँघुरिँदै 

नानीबाबु ! आजको आधुनिक र व्यस्त समाजमा गुुरुपूर्णिमाको महत्त्व साँघुरिँदै गएको छ । गुुरुको महत्त्व अहिले बढी हुनुपथ्र्यो तर हुन सकेको छैन । गुरुका साथ हरेक क्षेत्रमा र हरेक पाइलामा सधैँ नै आवश्यक रहन्छ । 

हाम्रा नानीबाबुुले यस्ता गरिमामय संस्कृति र संस्कारको महत्त्व साँचो अर्थमा बुझ्न खोज्नुुपर्छ । यो जरुरी पनि छ । यस्ता संस्कृतिका बारेमा हाम्रा नानीबाबुुलाई बुुझाउने दाहित्व हाम्रा पनि हो । अझै धेरै दाहित्व शैक्षिक संस्थाहरूको हुन्छ । हाम्रा नानीबाबुु अचेल हरेक कुरा गुगलमार्फत खोज्नुुहुन्छ । गुगललाई नै असल गुरु मान्छन् । यस्तो संस्कारमा रमाइरहेका हाम्रा नानीबाबुुलाई कसरी असली गुरुको महिमा पत्याउन सक्ने बनाउन सकिन्छ ? 

नानीबाबु ! मानिसलाई हरेक क्षणमा गुरुको आवश्यकता पर्दछ । सभ्य समाजको जीवनको आधारस्तम्भ गुरु नै हुन् । प्राचीन समाजका युगपुरुष राम, कृष्ण, बुद्ध, सन्त, कवीर, सबैले आफ्नो जीवनमा गुरु धारण गर्नुुभएको थियो । 

असल गुुरुमा हुनुुपर्ने गुुण

नानीबाबु ! गुरु भन्ने शब्द आफैँमा गौरवपूर्ण र ओझिलो छ । यो शब्दले नै मानव समाजमा निकै ठूलो महत्त्व राख्छ । सबै गुरु हुन नसक्लान् तर गुरुको शिक्षा लिएर एउटा राम्रो शिष्य त हुन सकिन्छ । असल गुरु जहिले छलकपटरहित हुन्छन ।  नराम्रो कसैप्रति सोच्दैन । नराम्रो कर्म गर्नेलाई रोक्ने क्षमता राख्छन । 

नराम्रो कर्म गर्नेलाई पापकर्म गर्नलाई रोक्न सक्ने क्षमता राख्छन । आफ्ना शिष्यको कल्याणको कामना गर्दछन् । त्यस्ता नै असल गुुरु हुन्छन् ।