सिराज खान
नेपालगन्ज, पुस २४ गते । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन बाँके कांग्रेस सभापति नारायण गौडेल र कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मीकीले आह्वान गर्नु भएको छ ।
बिहीबार एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै जिल्ला सभापति गौडेल र केन्द्रीय सदस्य बाल्मीकीले पार्टीको वैचारिक स्पष्टता, सङ्गठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीबारे गम्भीर निर्णय लिने यस विशेष अवसरमा बाँके जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
नेपाली कांग्रेस बाँकेको तर्फबाट विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भएर महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न उहाँले सबैलाई अपिल समेत गर्नु भएको छ।