• १३ साउन २०८१, आइतबार

भानुभक्तको जीवनी विषयक प्रवचन सम्पन्न

blog

काठमाडौँ, असार २८ गते । २०९औँ भानु जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबार भानुभक्तको जीवनी विषयक प्रवचन तथा भानुभत्तीय रचना वाचन कार्यक्रम आयोजना गरियो । नयाँ पुस्तालाई भानुको जीवनी तथा रचनाका बारेमा परिचित गराउने उद्देश्यले  विद्यालय तहका विद्यार्थीलाई भानुभक्तीय रचना वाचन गराइएको हो ।

कार्यक्रममा विद्यार्थीहरू चक्षु भट्टराई, अवसर सुवेदी, गरिमा घिमिरे, हेमन्त भट्ट, पलक ताम्राकार, सुदृश सुवेदी र दीपशिखा मुखियालगायतका विद्यार्थीले भानुभक्तीय रचना वाचन गर्नुभएको थियो । त्यस अवसरमा कविता वाचन गरेका विद्यार्थीलाई प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पुरस्कार र बालकृतिहरू प्रदान गर्नुभयो ।  कार्यक्रमका वक्ताले नयाँ पुस्तालाई भानुभक्तका रचना बारेमा परिचित गराउन जरुरी भएकोमा जोड दिनुभयो ।