• २१ पुस २०८१, आइतबार

असारको रमाइलो (बालकविता)

blog

देवु लुइँटेल

असारको बेलामा

हाम्रो खेत खलामा

आली बाउसे गरेर 

धान रोप्ने हिलोमा ।


हली जोत्ने साउने

रोपार रोप्दै गाउने

काम गर्ने लामो दिन

असारमा आउने ।


सालको पात टिपेर

बनाएको टपरी

टपरीमा हाले 

खाना खाने दोपहरे । 


मङ्सिरको मुरीलाई

खान वर्षभरिलाई

जाऊ साथी खेतमा

धान रोप्न वरि लै ।।