• १५ माघ २०८२, बिहिबार

खुमा फाउन्डेसनद्वारा पञ्चकन्यालाई कम्प्युटर प्रदान

blog

कम्प्युटर सेट प्रदान गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 
स्याङ्जा, पुस १८ गते ।
अर्जुनचौपारी गाउँपालिका १ मा रहेको पञ्चकन्या माविलाई खुमा अर्याल फाउन्डेसनले दुई वटा कम्प्युटर सेट प्रदान गरेको छ ।

फाउन्डेसनले विद्यालयको ५१ औं वार्षिकोत्सव समारोहमा मोनिटर, सिपियु, किबोर्ड र माउससहितका सामग्री प्रदान गरेको हो । 
फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्मासहितको टोलीले विद्यालयलाई कम्प्युटर सेट हस्तान्तरण गरेको हो ।

विद्यालयमा विद्यार्थीलाई प्रविधि मैत्री शैक्षिक सिकाइका लागि कम्प्युटर कमी भएको र व्यवस्थापन समितिले माग गरेसँगै प्रदान गरेको शर्माले बताउनु भयो ।

कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख सेवकप्रकाश तिवारीले एक्लै कसैले विद्यालयको शिक्षालाई राम्रो बनाउन नसक्ने बताउनु भयो ।

उहाँले विद्यालयलाई राम्रो बनाउन शिक्षक, अभिभावक र विद्यार्थीको समाजन दायित्व रहेको बताउनु भयो ।

शिक्षालाई उत्कृष्ठ बनाउन स्थानीय सरकार विद्यालयसँग हातेमालो गर्न तयार रहेको बताउँदै तिवारीले तर वातावरण राम्रो हुनुपर्ने बताउनु भयो ।