• १३ साउन २०८१, आइतबार

आफैँले काम गर्ने बसले किच्दा सहचालकको मृत्यु

blog

घटना भएको बस । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय चितवन

शान्ता अधिकारी

चितवन, असार २६ गते । चितवनको भरतपुरमा आफैंले काम गर्दै आएको बसले किच्दा एक सहचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिग्रिएको ना ५ ख ९६७ नम्बरको बसको चक्का मुनी काम गरिरहेका सहचालक २१ को सुरज नेपालीको सोही बसले किच्दा मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार, आइतबार बिहान भरतपुर २५ मा बिग्रिएको बस मर्मतका लागि चालक सहचालक दुबैले प्रयास गर्ने क्रममा चालकले बस स्टार्ट गरी अगाडि बढाउँदा मर्मतको क्रममा बसमुनि काम गर्दै बसेका सहचालक घाइते भएका र उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।

बिहान भएको उक्त घटनाका बसका चालक भरतपुर–२७ का राजकुमार गुरुङलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान शुरु गरेको छ ।