• २७ वैशाख २०८१, बिहिबार

तनहुँमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

blog

जिल्ला खेलकुद विकास समिति तनहुँद्धारा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

तनहुँ, असार १९ गते । जिल्ला खेलकुद विकास समिति तनहुँद्धारा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ  । 

प्रतियोगितामा जिल्लाको १० वटै पालिकाका विद्यालयवाट विद्यार्थीहरुले भाग लिएको समितीका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो  । प्रतियोगितमा भलिवल, एथेलिटिक्स, कवडी, कराते, ताईगन्डो, उशु मा प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो  ।  प्रतियोगितामा नेकपा एमालेका नेता तथा प्रतिनिधी सभा सदस्य केदार सिग्देलले शनिबार उद्घाटन गर्नुुभएको थियो । 

कार्यक्रमलाई उद्घाटन गर्दे प्रमुख अतिथी सिग्देलले खेलकुद मानव जीवनको अङ्ग भएको वताउनुभयो  । देशलाई चिनाउने मूख्य माध्यम भनेको पनि खेलकुद भएको उल्लेख गर्दै सांसद सिग्देलले शरिर मात्र हैन मस्तिष्क पनि ताजा वनाउन मद्धत पुग्ने बताउनुभयो । ताजा मस्तिष्क र शरिरले नै जीवनमा परिवर्तन गर्ने हुदाँ खेलकुदको महत्व खेलकुद हरेकको जीवनमा अपरिहार्य भएको समेत उहाँले वताउनुभयो । खेलकुदको विविध आयाम विद्यार्थी जीवनवाट नै शुरु हुने र खेलकुदको माध्यामवाट समाज र देशको पहिचानमा पनि महत्वपुर्ण भुमिका खेल्ने हुदाँ विद्यार्थी जीवन देखी नै यसको प्रयोग हुुनुपर्ने सिग्देलको भनाई थियो । 

Author

अमरराज नहर्की