• १६ जेठ २०८१, बुधबार

मधेश प्रदेशले दुई दिने युवा महोत्सव आयोजना गर्दै

blog

गोरखापत्र अनलाइन

जनकपुर, असार १३ गते । मधेस प्रदेश सरकारले पहिलो पटक युवा महोत्सव आयोजना गर्ने भएको छ । प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ र १६ गते दुई दिन युवा महोत्सव आयोजना गर्ने भएको हो । 

मन्त्री वीरेन्द्रप्रसाद सिंहका अनुसार ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आयोजना गरिने छ । 

उहाँले महोत्सवमा मधेस मन्थन, मधेस जागरण, मधेस हदिया, सांस्कृतिक साँझ, मधेस मान तथा घोषणापत्र सार्वजनिक हुने बताउनु भयो । सम्पूर्ण युवा तथा सरोकारवालाहरुलाई सहभागिता जनाउन मन्त्री सिंहले अपिल गर्नु भएको छ । मन्त्री सिंहले युवामैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको र यसमा सरोकारवालाको हातेमालो आवश्यक रहेको उल्लेख गर्नुभयो ।