• १३ असोज २०८१, आइतबार

रमाइलो देवघाट (कविता)

blog

 पिङ्गल पौडेल 

उताबाट नाच्दै आए गण्डकीका छाल

यताबाट त्रिशूलीले ग-यो अङ्कमाल

दुवै बने नारायणी भाका मीठो हाले 

पानीमाथि घाम–जुन पौडी खेल्न थाले


वारिपारि बाक्ला वन साल सिसौ घारी

डाँफे मयूर नाची राख्ने नौलो ढाँचा पारि

नदीभरि मलेवा र जलेवाका ताँती 

किनारमा चखेवाको जोडी रुने राति


सिरिसिरि हावा चल्यो शीतल भो मन 

लाली चढी पालुवामा पैmलिएको वन 

फल लागि बोट वृक्ष तल झुक्न थाले 

कोइली र तित्रा मिली नौलो भाका हाले


साधुसन्त,सन्यासीले ध्यान गर्ने धाम

कुटीभित्र कल्पवासी वृद्ध बाबा आमा !

वेदध्वनि गुञ्जिएको सुन्दा टाढैबाट

धरतीकै दिव्य धाम लाग्छ देवघाट !