• १६ असार २०८१, आइतबार

वरिष्ठ नेता पौडेलद्वारा बाढीले भत्काएको पुल पुनः निर्माण गर्न निर्देशन

blog

अमरराज नहर्की 

तनहुँ, असार ६ गते । अविरल वर्षासँगै बाढी पहिरोको क्षतिको निरीक्षणको लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ आउनुभएको छ ।

वरिष्ठ नेता पौडेलले आइतबार भानु नगरपालिकाको विभिन्न क्षेत्रको पहिरो पीडित वासिन्दासँग भेटघाट गर्नुका साथै सहायक राजमार्ग र ग्रामिण सडकमा पु¥याएको क्षतिको जानकारी लिनुभएको हो ।

बाढीले भानु नगरपालिकाको विभिन्न क्षेत्रमा सहायक राजमार्ग तथा अन्यमार्गलाई बाढीले क्षति पु¥याएपछि यातायात अवरुद्ध भएपछि नेता पौडेलले सो क्षेत्रको निरीक्षण गर्नुभएको हो ।

अविरल वर्षाले क्षति पु¥याएको डुम्रे–वेशीशहर सडकखण्डमा पर्ने तनहुँको भानु नगरपालिका–८ बलिफाँटमा  सडक भासिएपछि क्षति पुगेको ठाउँको निरीक्षण गर्नुभएको छ ।

ह्युम पाईप राखेर माटो र ढुङ्गाले पुरेर अस्थायी पुल बनाएको ठाउँमा पक्की पुल बनाउन सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभएको छ । 


यसअघि नेता पौडेल भानु नगरपालिका–२ स्थित बाङ्गेरह र भानुनगरपालिका–६ टुहुरे पसलमा बाढीले भत्काएको कजवे पुल तथा सडकको निरीक्षण गर्नुभएको थियो ।

बाढीले क्षति पु¥याएको पुलमा पक्की पुल निर्माणको लागि बजेटको व्यवस्था गर्न वरिष्ठ नेता पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आग्रह गर्नुभयो ।


निरीक्षणको क्रममा भानु नगरपालिकाको प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेललगायत सहभागी हुनुभएको थियो ।

बाढी र पहिरोले क्षति पुगेको स्थानीय वासिन्दाको लागि समस्या समाधानको लागि सम्बन्धित निकायलाई नेता पौडेलले फोन गरेर निर्देशन दिनुभएको थियो ।