• २३ असार २०८१, आइतबार

परराष्ट्र नीतिमा साझा धारणा बन्नुुपर्ने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार ४ गते । राष्ट्रिय सभा बैठकमा परराष्ट्र नीतिसँग जोडिएका विभिन्न विषय, सन्धि, सम्झौतामा राष्ट्रिय राजनीतिमा रहेका दलबीच साझा धारणासहित अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरिएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सत्तापक्ष र प्रतिपक्ष बनेर भन्दा पनि राष्ट्रिय धारणासहित अगाडि बढ्नुपर्ने बेला आएकोमा जोड दिएका हुन् । 

पछिल्लो समय चर्चामा आएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको पत्रका सम्बन्धमा बैठकमा सांसदहरूले चर्चा गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् । सांसद उर्मिला अर्यालले कुनै पनि अन्तर्राष्ट्रियस्तरका सन्धि, सम्झौता गर्दा राजनीतिक दलहरूबीच सहमति गरेर मात्र जानुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय धारणासहित प्रस्तुत हुनुपर्नेमा आफू सत्तामा हुँदा गरेको कामलाई सत्ताबाहिर भए विरोध गर्ने संस्कार गैरजिम्मेवार भएको टिप्पणीसमेत गर्न‘भयो । 

सांसद रमेशजङ्ग रायमाझीले सत्तामा रहँदा आफैँले गरेका सम्झौतालाई सत्तामा नहुँदा विपक्षीले विरोधमा बोल्ने गरेको आरोप लगाउनुभयो । उहाँले राजनीतिक दलहरूले प्रतिपक्ष र सत्तापक्षको हिसाबले मात्रै धारणा बनाउनुभन्दा पनि राष्ट्रिय आवश्यकताका आधारमा आफ्नो भूमिका खोज्नुपर्ने विचार व्यक्त गर्न‘भयो । 

सांसद वामदेव गौतमले नेपाललाई कुनै पनि हालतमा एसपीपीमा संलग्न गराउन नहुने धारणा व्यक्त गर्न‘भयो । उहाँले भन्नुभयो, “एसपीपी सम्झौता वास्तवमा नेपालाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउनका निम्ति ल्याइएको हो ।” उहाँले नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली त्यति बेला प्रधानमन्त्री भएको र उहाँको यसमा संलग्नता रहेको आरोपसमेत लगाउनुभयो ।  

सांसद दिलकुमारी रावल थापाले एसपीपीका सम्बन्धका सत्यतथ्यसहित प्रधानमन्त्रीबाटै सदनमा जानकारीको माग गर्न‘भयो । संसद्मा उठेका प्रश्नहरूको प्रधानमन्त्री र मन्त्रीहरूलाई जवाफका लागि राष्ट्रि«य सभाका अध्यक्षमार्फत रुलिङ गर्न माग गर्न‘भयो ।