• १ असार २०८२, आइतबार

चटयाङ लागेर बानियाको मृत्यु

blog

फाइल तस्बिर

सञ्जयकुमार मिश्र  

गौर, असार १ गते । चटयाङ लागेर आइतवार बिहान रौतहटको गरुडा नगरपालिका वडा १ जयनगरमा एक जना वृद्धको मृत्यु भएको छ । हावाहुरीसँगै आएको चटयाङ लागेर गरुडा नपा –१ जयनगर घर भएका ६५ वर्षीय सियाराम बनियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिहान ८.१५ बजेको समयमा घर अगाडि बॉधेको बाख्रा खोल्ने क्रममा चटयाङ लागेर बनियाँ गम्भीर घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याउँदा उपचारको क्रममा १० बजे मृत्यु भएको प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो ।