सुधा देव
भारदह(सप्तरी), जेठ ३० गते । सप्तरीको शम्भुनाथ नगरपालिकामा कन्टेनर ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शम्भुनाथ नगरपालिका १२ अर्नाहास्थित हुलाकी सडक खण्डबाट राजविराज आउँदै गरेको ना ३ ख ४५३१ नम्बरको कन्टेनर ट्रकले बाटो क्रस गर्न लाग्दा स ६ प २२१ नं को मोटरसाइकललाई ठक्कर दिँदा नाम वतन नखुलेको मोटरसाइकल चालक कन्टेनर ट्रकको तल किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।
मोटरसाइकल चालक कन्टेनर ट्रकको मुनि थिचिएको अवस्था रहेको र ट्रक चल्ने अवस्थामा नरहेकोले शव निकाल्न क्रेनसँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो ।
कन्टेनर ट्रक चालक जिल्ला काभ्रे पाँचखाल न. पा वडा नं ६ बस्ने अन्दाजी ५६ वर्षीया गोपाल राईलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।