• ३० जेठ २०८२, शुक्रबार

एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौँ, जेठ २९ गते। राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

बिहीबार दिउँसो अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको यात्रुबाहक विमानन दुर्घटनाको खबरले स्तब्ध भएको बताउनु हुँदै उहाँले दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो।

एक्समार्फत् उहाँले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो।उहाँले भन्नुभएको छ, ‘अहमदाबादबाट लन्डनका लागि उडेको एअर इन्डियाको यात्रुबाहक विमान दुर्घटनामा परेको खबरले मलाई स्तब्ध बनाएको छ। दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु ।’’