• ३० जेठ २०८२, शुक्रबार

संसद् अवरोध गर्नुको औचित्य छैन: गृहमन्त्री लेखक

blog

काठमाडौँ, जेठ २९ गते । गृहमन्त्री रमेश लेखकले संसद् अवरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय यता संसद् अवरोध रहेको र संसद्को अवरोध गर्नुपर्ने कुनै कारण र अर्थ नरहेको जिकिर गर्नुभयो । उहाँले केही प्रतिपक्षी दलहरूले नियोजित रूपमा षड्यन्त्रमूलक ढङ्गले आग्रह र पूर्वाग्रह राखेर लागि परेको बताउनुभयो । अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित रहेको बताउनुभयो । 

गृहमन्त्री लेखकले भन्नुभयो, ‘केही समयदेखि संसद् अवरोध भएको छ । यो संसद्को अवरोध गर्नुपर्ने कुनै कारण छैन । कुनै अर्थ छैन । कुनै औचित्य छैन । संसद्को अवरोधका पछाडि सबै प्रतिपक्ष दललाई म दोष दिन्न तर प्रतिपक्षमा रहेका केही मानिसहरू नियोजित ढङ्गले, राजनीतिक षड्यन्त्रमूलक ढङ्गले आग्रह र पूर्वाग्रह राख्ने काम भएको छ ।

यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित छ । यसका पछि कुनै अर्थ र औचित्य छैन । यो अवरोध चाँडै हट्नुपर्छ ।’ गृहमन्त्री लेखकले संसद्को अवरोध चाँडै हट्नुपर्ने बताउनुभयो ।