काठमाडौँ, जेठ ८ गते । युइएफए युरोपा लिगको उपाधि टोट्टनहामले जितेको छ ।
सेभियाको घरेलु मैदानमा बुधबार राति भएको फाइनलमा टोट्टनहामले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै च्याम्पियन बनेको हो ।
टोट्टनहामको जितमा ब्रेनन जोन्सनले ४२औँ मिनेटमा गर्नुभएको गोल निर्णयक बनेको थियो । टोट्टनहामले ४१ वर्षपछि युरोपा लिग उपाधि जितेको हो । उसले यसअघि सन् १९८४ मा यस उपाधि जितेको थियो । एजेन्सी