• १२ असार २०८१, बुधबार

खानलाई पर्यटन प्रवर्द्धन पुरस्कार

blog

गोरखापत्रकर्मी खानलाई पुरस्कृत गर्दै व्यवसायी।

नेपालगञ्ज, जेठ २७ गते। पर्यटनको प्रवर्द्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खान सम्मानित हुनुभएको छ। 

पाँच हजार रुपियाँ नगद राशीसहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रबार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा प्रदान गरिएको हो।

 होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष हिराध्वज शाह, लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले संयुक्त रुपमा सो पुरस्कार र कदरपत्र प्रदान गर्नुभयो। 

सँगै पर्यटन पवद्र्धन पुरस्कार २०७७ बाट पत्रकारमा रुपा गहतराज, आषिस गुप्ता र रुपनी जिएम सम्मानित हुनुभएको छ। सो कार्यक्रममा सफल व्यवसाय गर्ने विभिन्न होटल व्यवसायी र अधिवेशनमा सहयोग गर्ने विभिन्न व्यवसायिक प्रतिष्ठानलाई पनि सम्मानित गरिएको थियो। 

उक्त अधिवेशन र साधारणसभामा बोल्ने अधिकांश वक्ताले कोभिड महामारीका कारण दुई वर्षदेखि होटल व्यवसाय सबैभन्दा बढी मारमा परेकोले सो व्यवसायलाई पुनः माथि उकास्न सरकारले विशिष राहात कार्यक्रम ल्याउनुपर्ने माग गरेका थिए।