• १२ असार २०८१, बुधबार

प्रमुखमा गोला प्रथाबाट एमालेका आचार्य निर्वाचित

blog

समन्वय समिति कपिलबस्तुको प्रमुखमा निर्वाचित आचार्य । तस्विरः नारद कोहार ।

नारद कोहार

तौलिहवा, जेठ २७ गते । कपिलवस्तु जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट नेकपा (एमाले) का बाबुराम आचार्य निर्वाचित हुनुभएको  छ । दुबै उम्मेदवारले १० – १० मत प्राप्त गरेपछि गोलाप्रथाबाट नेतृत्व चयन गरिएको हो ।

उपप्रमुख पदमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित हुनुभएको छ । मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र सदस्यसहित ७ जनाको गोला तानेर परिणाम निकालिएको हो । त्यस्तै, निर्वाचनबाट गठबन्धनका कांग्रेसबाट सुनीता चमार, माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी, कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित हुनुभएको छ । 

सदस्यमा गोलाप्रथाबाट एमालेकी शकुन्तला भण्डारी र सुमित्रा दमाई तथा जसपाकी सन्ध्या पौडेल खान निर्वाचित हुनुभयो । समन्वय समिति कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गरेको थियो ।