• १० वैशाख २०८२, बुधबार

बालबालिकाका समस्या बाल कचहरीबाट पहिचान

blog

छेडागाड नगरपालिकाका बालबालिका बाल कचहरीमार्फत सरोकारवालासँग समस्या राख्दै । तस्बिर : बासुदेव शर्मा

बासुदेव शर्मा
जाजरकोट, वैैशाख १० गते ।
स्थानीय सरकारसँग बालबालिकाले बाल कचहरीबाट समस्या राख्ने गरेका छन् । छेडागाड नगरपालिकाका बालबालिकाले बाल कचहरीका माध्यमबाट सरोकारवालासग खुलेर समस्या राख्ने गरेका हुन् ।

सरोकारवाला निकायले बालबालिकाको मागको सुनुवाइ नगर्ने भएपछि बाल कचहरी गरी आफुमा परेको समस्यालाई समाधानका लागि पहल गर्नुपर्ने धारण बनाउन सुझाव दिने गरेका छन् ।

छेडागाड नगरपालिका १२ चन्द्रज्योति बाल कल्वका मदनप्रसाद आचार्यले गाउँ समाजमा बालविवाह, बालश्रम, तथा जातिय छुवाछुत कायम रहेकाले बालबालिकाले सञ्चानल गर्ने अभियानलाई साथ दिन आग्रह गर्नुभयो । बालविवाह रोक्न प्रयास गरेपनि अभिभावक र सरोकारवाला निकायको साथ नपाएको, बालश्रम अन्त्यका लागि सरकारले पहल नगरेपछि बढदै गएको प्रति चिन्ता गरेको छन् ।

बाल कल्वकी सदस्य रोजिन खत्रीले बालबालिकाको अपाङ्गता भएका बालबालिकाको बारेका सरोकारवाला निकायले बैठकमा आवाज उठाए पनि व्यवहारमा लागू नगर्दा समस्या परेको, महिला रजश्वला भएको बेला भैसी दुहुन हुने खाना नहुने, त्यतीवेला छुट्टै बसाल्नु पर्ने जस्ता रुढीबादी परम्परालाई जनचेतना फैलाएर अन्त्य गर्न आग्रह गरेका छन् ।

अर्का नवराज जैसीले जनकल्यान प्रावि नमुना बनेपनी खानेपानी नहुदाँ बालबालिकालाई समस्या हुने गरेपछि पानी व्यवस्थापन गरिदिन सुझाव दिनुभयो । बालबालिकाकामा प्रतिभा पहिचानक कार्यव्रmम सञ्चालन गर्नुपर्ने, बालविवाह, सामाजिक कुरिती अन्धविश्वास अन्त्य गर्न बालबालिकाले सशक्त आवाज उठाउदै आएकाले साथ दिनुपर्ने बताएका छन् । 

छेडाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमकुमार ढकालले आगामी वर्षको नीति कार्यक्रम आउने समय भएकाले बालबालिकालाई मागलाई सम्बोधन गर्न सरोकारवालासग छलफल गर्ने बताउनुभयो । वडा नम्बर ४ का वडा अध्यक्ष गणेशबहादुर थापाले बालबालिकाले दिएका सल्लाहसुझावलाई आत्मसाथ गरी कार्यपालिकाले निरन्तरता दिने बताउनुभयो । समाज रुपान्तरमा बालबालिकाको आवश्यकतालाई ध्यान दिइ सरकार अघि बढ्ने बताउनुभयो ।