• ९ वैशाख २०८२, मङ्गलबार

नेपालको सम्पदा अध्ययन गर्दै इटालियन विज्ञ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ९ गते । हेरिटेज इन्टरनेसनल इन्स्टिच्युटका एकेडेमिक डाइरेक्टर प्रा. जिआन्लुइगी मास्तेन्द्राको आयोजना र त्रिभुवन विश्वविद्यालयकी डा. टिना मानन्धरको समन्वयमा चार सदस्यीय इटालियन टोलीले काठमाडौँ उपत्यकासँगै पनौतीको भ्रमण गरेका छन् । ऐतिहासिक तथा सम्पदा क्षेत्रको निरीक्षण गर्दै इटालिन विज्ञहरू यहाँको सांस्कृतिक सम्पदासँग सम्बन्धित प्रमुख तीन कार्यक्रममा सहभागी भए । 

पहिलो दिन पनौतीमा भएको अन्तक्रियामा नगरपालिका प्रमुख रामशरण भण्डारीले आफ्नो क्षेत्रलाई विश्वसम्पदामा सूचीकृत गर्ने प्रयास भइरहेको बताउनुभयो । पनौतीलाई विश्वसम्पदामा समावेश गर्न एसर नेपालका प्रतिनिधिले प्राज्ञिक क्षेत्रमा आवश्यक सहयोग गर्ने जनाएको छ ।

दोस्रो दिन इटालियन टोलीले राष्ट्रिय सङ्ग्रहालय छाउनीसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्ग्रहालयमा राखिएका क्याप्सनलाई इटालियन, नेपाली र अङ्ग्रेजी भाषाका ब्रेललिपिमा सूचीकरण गर्ने र दृष्टिविहीनले स्पर्श गरेर सम्बन्धित सामग्रीको जानकारी प्राप्त गर्न डेमो बनाउने पक्षमा छलफल भएको थियो । 

तेस्रो दिन त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास, संस्कृति तथा पुरातìव केन्द्रीय विभाग र नाथमको सहकार्यमा अन्तर्राष्ट्रिय कन्फरेन्स आयोजनामा इटालीको टोलीबाट डा. फलाभिया ओर्साती, प्रो. जिआनलुका फिरिन्चिलुची  र डा. जिओर्गिओ मारिनेलीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्राडा त्रिरत्न मानन्धर र डा. सुरेशसरश श्रेष्ठले नेपालबाट कार्यपत्र प्रस्तुत गर्नुभयो । सम्पदासम्बन्धी कन्फरेन्समा इटालीबाट पाँच र नेपालबाट तीन कार्यपत्र प्रस्तुत गरिएका थिए ।