• १८ असार २०८१, मङ्गलबार

स्वास्थ्य बीमा

अस्पताललाई चाप धान्न धौधौ

blog

शालिग्राम नेपाल 

चितवन, जेठ २१ गते । स्वास्थ्य बीमाको कार्यक्रमलाई स्थानीय तहले प्राथमिकतामा राखेर बीमा गराउँदा भरतपुर अस्पतालमा सेवा लिनेको चाप बढेको छ । नवनिर्वाचित पालिका प्रमुख र विगतका पालिका प्रमुखले आफ्नो कार्यक्षेत्रमा रहेका सेवाग्राहीको स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए । चितवनबाहिर पनि यो कार्यक्रम जनप्रतिनिधिले राखेका छन् । बीमा गरेकाहरू उपचारका लागि भरतपुर अस्पतालमा आउने गर्छन् । 

भरतपुर अस्पतालमा क्षमता वृद्धि नगर्दा स्वास्थ्य बीमा गरेका उपचार गराउन आउने बिरामीको चापलाई धान्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल अहिलेकै जनशक्ति, स्रोतसाधनबाट आफूहरूले सेवा दिन सक्ने अवस्था नरहेको बताउनुहुन्छ । बीमा गर्नेको सङ्ख्या हरेक वर्ष वृद्धि हुने तर अस्पतालको क्षमता वृद्धि गर्न स्थानीय सरकारले ध्यान नदिने गर्दा समस्या आउने उहाँले बताउनुभयो ।

अस्पतालमा १५० श-याका लागि १७५ जना चिकित्सक-स्वास्थ्यकर्मीको दरबन्दी छ । यो जनशक्तिले नपुगेर अस्पताल विकास समितिले कर्मचारी र थप शøया वृद्धि गरेर छ सय पु-याएको छ । थप शøया समितिको स्रोतमा सञ्चालन गरिएको छ । केन्द्रीय अस्पताल भए पनि सेवासुविधा र यहाँको जनशक्ति भने पुरानै छ । “अस्पताल केन्द्रीय भयो तर यसलाई हेर्ने दृष्टिकोण केन्द्रीय भएको छैन,” मेडिकल सुपरिन्टेन्डेन्ट डा. पौडेलले भन्नुभयो । 

“बीमाको कार्यक्रम राम्रो हो तर यही शैलीबाट अगाडि बढेमा हामीले धान्न सक्दैनौँ । जिल्लाका पालिकामा अस्पताल छन् तर सामान्य उपचार हुन्छ, जटिल प्रकारका रोग, थप उपचार गराउन पर्दा भरतपुर अस्पताल रोज्ने गरेकाले हामीलाई सेवा दिन जटिल बन्दै गएको छ,” उहाँले भन्नुभयो । चितवनसहित मकवानपुर, नवलपरासी, गोरखा, धादिङ, रुपन्देही, रौतहट, बारा, पर्सालगायतका जिल्लाबाट उपचार गराउन भरतपुर आउने गरेका छन् । ती जिल्लाका बिरामीलाई उपचार सेवा दिनुपर्दा अहिले भइराखेको स्रोतसाधनले काम गर्न नसकिने अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताउनुभयो । 

अस्पतालका अनुसार यहाँ दैनिक ओपीडीमा १५ सय जनाभन्दा बढीले टिकट काट्ने गरेका छन् । पाँच वटा काउन्टरबाट टिकट काट्ने व्यवस्था हुँदा समेत एक दिनमा उपचार गराएर जान सकिने अवस्था नभएको सेवाग्राहीले बताएका छन् । कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले गरिब विपन्नलाई पालिकाले निःशुल्क बीमा गरिदिने योजना बनाएको र पालिकामा नै अस्पताल भएकाले सामान्य बिरामीका लागि भरतपुर जानुपर्ने बाध्यता नभएको बताउनुहुन्छ ।