• १८ असार २०८१, मङ्गलबार

बायोमेट्रिकको समस्या समाधान गर्ने सहमति

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ २१ गते । वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठसँगको छलफलमा स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्न सहमत भएका हुन् ।

पूर्वश्रम स्वीकृतिका सबै प्रक्रिया पूरा नगरी स्वास्थ्य परीक्षण नगर्ने, नियम पालना नगर्ने संस्थालाई कारबाहीको दायरामा ल्याउने र स्वास्थ्य परीक्षणको विवरण साप्ताहिक रूपमा मन्त्रालयमा बुझाउने सहमति भएको छ ।अबदेखि पूर्वश्रम स्वीकृतिका सबै प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिनेछ । हाल श्रम स्वीकृतिको प्रक्रिया सुरु नहुँदै दैनिक हजारौँ श्रमिक बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि जाने गरेका छन् ।