काठमाडौँ, चैत ४ गते । एनसेल फर बिजनेस बाह्रखरी गल्फ चैत २३ गते गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा हुने भएको छ ।
स्टेबल फोर्ड विधामा हुने १८ होलको एक दिने प्रतियोगितामा एक सय २० जना एमेच्योर गल्फरको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रतियोगितासँगै बाह्रखरीले आर्थिक परिसंवाद कार्यक्रम पनि गर्न लागेको जनाएको छ । गल्फ प्रतियोगिताको अलरान्डर विजेतालाई सुनको बल र होल इन वान हान्ने खेलाडीलाई बीवाईडीको ‘एट्टो थ्री’ गाडी प्रदान गरिने बताईएको छ ।
यस्तै उपविजेता, महिलातर्फका विजेता र उपविजेतालगायत खेलाडीलाई आकर्षक पुरस्कार राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालसँगै भारत, अमेरिका, चीन, सिङ्गापुर, श्रीलङ्काका गल्फरले सहभागिता जनाउनेछन् ।