काठमाडौँ, चैत ३ गते । नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणको उपाधि नेपालका अर्जुन कुलुङ राईले जित्नुभएको छ ।
मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गर्नुभयो ।
पालकै मिलन कुलुङ राईले २८:१५:२५.३ सकेन्ड समय लगातार दोस्रो तथा शेर थारू २८:४७:०६.२ सकेन्डसहित तेस्रो हुनुभयो । विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र शेरले २० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
एक सय किमी दौडमा विशाल राई १३:२९:०४ सकेन्ड समय लगार च्याम्पियन बन्नुभयो । सो इभेन्टमा गोपाल तामाङले १३:३९:०७ सकेन्ड र निरोज भट्टले १४:१२:३५ सकेन्डमा दौड पूरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो। एक सय किमी दौड महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो हुनुभयो ।
रसिलाले १७:५८:०५ सकेन्डमा दौड सकाउनुभयो । छोकी शेर्पा १८:१५:०५ सकेन्ड समय लगातार दोस्रो र फ्लेर मोउतज्वले २०:४३:०५ सकेन्ड समय लगाएर तेस्रो स्थाहुनुभयो ।
एक सय किमी दौडमा शीर्ष तीन स्थानमा रहने धावकधाविकालाई क्रमश: ५० हजार, २५ हजार र १५ हजार रुपियाँ प्रदान गरिएको थियो ।५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगरपहिलो लोकेन्द्र राई दोस्रो र धीरबहादुर बुढा तेस्रो हुनुभयो ।
५० किमी महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो हुनुभयो । यस स्पर्धामा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
३० किमी दौडमा राजन मेयोङबा पहिलो, युवक राज बुढा दोस्रो र अक्कल बढवाल तेस्रो हुनुभयो । महिलातर्फ अस्मी तामाङ पहिलो, कथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो हुनुभयो । यस स्पर्धामा पहिलो देखि तेस्रो हुने क्रमश: २० हजार १० हजार र ५ हजार रुपियाँ पुरस्कार पाए ।
१० किमी पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बन्नुभयो । मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्समा ८१, १०० किमीमा ५२, ५० किमीमा १३१, ३० किमीमा ९८ र १० किमीमा १९१ धावकधाविकाले सहभागिता जनाएका थिए । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।