• १ चैत २०८१, शुक्रबार

गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने व्यक्ति पक्राउ

blog

गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको व्यक्ति । तस्बिर : सिआइबी

काठमाडौं, चैत १ गते । गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पनेएमा पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई सोही महानगरपालिका–३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेललाई रहेका छन् ।

नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा वीरगञ्ज महानगरपालिका–१६ र ३० स्थित घरबाट अवैध कल बाईपसमा प्रयोग भएको उपकरणहरू सहित पटेललाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट भिओआइपी गेट वे ३२ पोर्टको दुई थान, १८ पोर्टको एक थान, सिम कार्ड १४ थान, राउटर चार थान, ल्यापट दुई थान, ब्याट्री दुई थान, इन्भर्टर दुई थान, कनेक्टर एक थान, मोबाइल एक थान र पेनड्राइभ एक थान समेत बरामद गरेको छ । 

पटेल उपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।